कांग्रेस सभापति देउवासँग भारतीय विदेश सचिवको भेटवार्ता

डिसी नेपाल
१ भदौ २०८२ १९:३०
36
Shares

काठमाडौं । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवासँग भारतीय विदेश सचिव विक्रम मिस्रीले शिष्टाचार भेटवार्ता गरेका छन्।

सभापति देउवा निवास बुढानीलकण्ठमा आज भएको भेटमा उहाँहरूबीच द्विपक्षीय आपसी हितका विविध विषयमा कुराकानी भएको सभापति देउवाका प्रमुख स्वकीय सचिव भानु देउवाले जानकारी दिए।

उनीहरूबीच नेपाल–भारतबीचको घनिष्ठ र बहुआयामिक सम्बन्धलाई थप सुदृढ बनाउने विषयमा छलफल भएको थियो।

विदेश सचिव मिस्री परराष्ट्र मन्त्रालयका सचिव अमृतबहादुर राईको निमन्त्रणामा नेपालको दुई दिने औपचारिक भ्रमणका लागि आज यहाँ आइपुगेका हुन्।

भारत र नेपालबीच बलियो र मैत्रीपूर्ण परराष्ट्र सम्बन्ध रहिआएको छ। विदेश सचिवको भ्रमणले दुई देशबीचको नियमित उच्चस्तरीय भ्रमण आदानप्रदानको परम्परालाई निरन्तरता दिएको र द्विपक्षीय सम्बन्धलाई अझ अघि बढाउने अवसर हुने विश्वास गरिएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.