भारतीय विदेशसचिव मिश्रीको रात्रिभोज सोल्टी होटलमा

डिसी नेपाल
१ भदौ २०८२ २०:२४
440
Shares

काठमाडौं । दुई दिने नेपाल भ्रमणमा रहेका भारतीय विदेशसचिव विक्रम मिश्री रात्रिभोज सोल्टी होटलमा भएको छ।

परराष्ट्र सचिव अमृतबहादुर राईले आयोजना गरेको रात्रिभोजका लागि मिश्रीसहितको टोली सोल्टी होटल पुगेको छ।

पराष्ट्रमन्त्री आरजु राणालाई भेटेपछि उनी त्यसतर्फ प्रस्थान गरेको बताइएको छ।

मिश्रीको टोली भोलि दिउँसो स्वदेश फर्किने कार्यतालिका छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *