गौर हत्याकाण्डको छानबिन गर्न सर्वोच्चको परमादेश

डिसी नेपाल
२ भदौ २०८२ १७:३७
348
Shares

काठमाडौं। सर्वोच्च अदालतले १९ वर्षअघि भएको गौर हत्याकाण्डको छानबिन अघि बढाउन परमादेश दिएको छ। सोमबार न्यायाधीशद्वय तिलप्रसाद श्रेष्ठ र नित्यानन्द पाण्डेयको संयुक्त इजलासले जिल्ला प्रहरी कार्यालय रौतहटको नाममा परमादेश जारी गरेको हो।

त्रिभुवन साहले गौर हत्याकाण्डमा जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवमाथि छनबिनको माग गर्दै रिट दायर गरेका थिए। उक्त हत्याकाण्डको छानबिन गरी दोषीमाथि कारबाही हुनुपर्ने मागसहित रिट दायर भएको थियो।

२०६३ चैत ७ गते भएको उक्त घटनामा उपेन्द्र यादव नेतृत्वको तत्कालीन मधेशी जनअधिकार फोरम र माओवादी कार्यकर्ताबीच झडप हुँदा २७ जना माओवादी कार्यकर्ताको निधन भएको थियो।

गौरको एउटै स्थलमा आमसभा गरेका दुबै पक्षबीच आपसी भिडन्त हुँदा फोरम नेतृत्वका कार्यकताबाट २७ जना माओवादी नेता कार्यकर्ताहरुको पाशविक रुपमा क्रुरतापूर्वक हत्या गरिएको थियो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *