शिक्षा विधेयकको प्रतिवेदन अध्ययन गर्न दुई दिनको समय

डिसी नेपाल
२ भदौ २०८२ १८:३८
68
Shares

काठमाडौं। प्रतिनिधिसभा अन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा विद्यालय शिक्षा विधेयकको प्रतिवेदन पेश भएको छ। सिंहदरबारमा सोमबार बसेको बैठकमा समितिका सचिव दशरथ धमलाले समिति सभापति अम्मरबहादुर थापालाई विधेयकको प्रतिवेदन हस्तान्तरण गरेका हुन्।

प्रतिवेदन समिति सदस्यहरुलाई वितरण गरिएपछि दुई दिनका लागि अध्ययनको समय दिइएको समिति सभापति थापाले जानकारी दिए। अध्ययन गरिसकेपछि बस्ने बैठकमा आउने सुझावहरुका आधारमा प्रतिवेदनलाई अन्तिम रुप दिइने उनले बताए।

उनले पूर्ण छात्रबृतिका विषयमा आफ्नो जोड रहेपनि राज्यले धान्न सक्ने गरि उत्तरदायी बन्नुपर्ने धारणा राखे। केहि प्रतिशत निजि र केहि प्रतिशत सरकारले थप गर्ने गरि बिपन्नलाई पूर्ण छात्रबृतिमा अध्ययन गराउने वातावरण बनाउनुपर्ने उनले बताए।

त्यसअघि बैठकमा शिक्षामन्त्री रघुजी पन्तले विधेयकमा अधिकांश विषय सरकारले स्वीकार गरिसकेका विषय उल्लेख भएपनि अध्ययनका लागि दुई दिनको समय दिन आग्रह गरेका थिए। उनले विधेयक अघि बढाउन निकै ढिलाई भएकाले छिटो पारित गर्न पनि आग्रह गरे।

समितिमा पेश भएको प्रतिवेदन अध्ययन गरेर भदौ ५ गते बस्ने बैठकमा छलफल गरेर प्रतिवेदन पारित गर्ने समितिको तयारी छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *