गृहमन्त्री लेखकसँग सौर्य जहाज दुर्घटनाको न्यायिक जाँचको माग
काठमाडौं। सौर्य जहाज दुर्घटनाको न्यायिक जाँचको माग गर्दै पीडित परिवारले गृहमन्त्री रमेश लेखकको ध्यानाकर्षण गराएको छ। उक्त जहाज दुर्घटनामा छोरी, ज्वाइँ र नाति गुमाएका प्रकाश खतिवडा नेतृत्वको प्रतिनिधिमण्डलले आज उनलाई भेट गरी न्यायिक जाँचका लागि आयोग गठन गर्न माग गरेको हो।
गृहमन्त्रीलाई ध्यानाकर्षणपत्र बुझाउँदै यसअघिको आयोगको प्रतिवेदनमा तथ्यगत फरक पर्ने अवस्था रहेकाले न्यायिक जाँच आयोग गठन गर्न माग गरिएको खतिवडाले बताए। पीडितको न्याय र क्षतिपूर्तिका विषयमा आयोगको प्रतिवेदन मौन रहेकाले न्याय र क्षतिपूर्ति सुनिश्चित गर्न न्यायिक जाँच गर्नुपर्ने पत्रमा भनिएको छ।
गृहमन्त्री लेखकले पीडितलाई न्याय दिलाउन र घटनाको पुनः जाँच गराउन आफूले आवश्यक पहल गर्ने प्रतिबद्धता व्यक्त गरेको पत्रकार खतिवडाले जानकारी दिए।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ०८१ साउन ९ गते सौर्य जहाज दुर्घटना हुँदा खतिवडाका तीन सन्ततिसहित १८ जनाको ज्यान गएको थियो। दुर्घटना जाँच अनुसन्धान गर्न सरकारले नागरिक उड्डयन प्राधिकरणका पूर्वमहानिर्देशक रतिशचन्द्र लालको नेतृत्वमा पाँच सदस्यीय आयोग गठन गरेको थियो।







डिसी नेपाल







Facebook Comment