देश र जनताको पक्षमा लाग्ने सपुतलाई हुलाक टिकटमा प्रकाशन गरिने
काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले देश र जनताको पक्षमा लाग्ने सपुतलाई खोजी-खोजी हुलाक टिकटमा प्रकाशन गर्ने बताएका छन्।
मंगलबार काठमाडौंमा आयोजित भीम बहादुर पाँडेको तस्बिर अंकित हुलाक टिकटको प्रथम दिवसीय आवरणमा टाँचा लगाउने कार्यकममा उनले मन्त्रालय आएपछि आफैँलाई गौरव लाग्ने काम गर्न पाएको भन्दै देश र जनताको पक्षमा लाग्ने सपुतलाई खोजी-खोजी प्रकाशमा ल्याउने बताए।
उनले भने, ‘यो मन्त्रालय आएपछि आफैंलाई गौरव लाग्ने काम गर्न पाएको छु। त्यसकारण पनि सञ्चारमन्त्री भएको कुरामा गर्व गर्छु। भीम बहादुर पाँडे जस्ता व्यक्तिको तस्विर अंकित हुलाक टिकटमा टाँचा लगाउन पाउँदा खुसी लागेको छ। उहाँहरु पनि देश र जनताको पक्षमा लाग्ने सपुत हुन्। यस्तो व्यक्तिहरू त म खोजी खोजी हुलाक टिकटमा प्रकाशन गर्छु। कति त सत्तामा पहुँच नभएर पनि यस्तो कुरा बाहिर नआएको हुन्छ। म आएपछि लुकेकालाई पनि खोज्ने गरेको छु।’
यस्तै, उनले लोप हुन लागेको वस्तु, ठाँउ संरक्षण गर्ने ठाँउ हुलाक भएको भन्दै आफ्नो अधिकार अन्तर्राष्ट्रिय जगतमा प्रस्तुत गर्नको लागि पनि हुलाक टिकटको महत्व रहेको बताए।
No ads found for this position



डिसी नेपाल
Facebook Comment