उपसभामुखलाई हटाउने कार्यको विरोध गर्छौं : प्रचण्ड
काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रतिनिधिसभाका उपसभामुखलाई हटाउने कार्यको विरोध गर्ने बताएका छन्।
मंगलबार पार्टी कार्यालय पेरिसडाडाँमा सञ्चारकर्मीसँग कुरा गर्दै प्रचण्डले उपसभामुखलाई हटाउन खोजेर कांग्रेस–एमालेले गल्ति गर्न लागेको भन्दै माओवादीले विरोध गर्ने बताएका हुन्। वर्तमान सरकार गठन भएदेखि नै गल्ति बाहेक राम्रो कुनै काम गर्न नसकेको उनले बताए।
प्रचण्डले सामाजिक सेवामा सक्रिय आदिवासी जनजाती महिलालाई अनाहकमा हटाउने कोशिस गलत रहेको जिकिर गरे।
प्रचण्डले उपसभामुख इन्दिरा रानामाथि यसअघि लगाइएको आरोपसमेत कपोकल्पीत रहेको बताए।
No ads found for this position
प्रतिक्रिया



डिसी नेपाल
Facebook Comment