सांसदहरूलाई उपत्यका नछाड्न एमालेको निर्देशन

डिसी नेपाल
३ भदौ २०८२ १६:२५
828
Shares

काठमाडौं । सत्ताको नेतृत्वकर्ता दल नेकपा एमालेले आफ्ना सांसदलाई उपत्यका नछाड्न सूचना पठाएको छ।

मंगलबार सांसदहरूलाई मोबाइलमा मेसेज पठाउँदै एमालेले तत्काल उपत्यका बाहिरका कार्यक्रममा नजान निर्देशन दिएको हो।

उपत्यका बाहिर भएका सांसदलाई फर्कन र उपत्यकामै भएका सांसदलाई कहीँ नजान भन्दै एसएमएसमार्फत निर्देशन दिइएको बताइएको छ।

एमाले-कांग्रेसले उपसभामुख इन्दिरा रानालाई पदबाट हटाउने गरी हस्ताक्षर संकलन गरिरहेको अवस्थामा एमालेले आफ्ना सांसदलाई उपत्यकामै रहन म्यासेज पठाएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *