सभामुखलाई कांग्रेसले सोध्यो उपसभामुख अमेरिका जानुको कारण के हो?
काठमाडौं । नेपाली कांग्रेसले उपसभामुख इन्दिरा राना मगरको अमेरिका भ्रमणबारे प्रश्न उठाएको छ।
राज्य व्यवस्था तथा परामर्श समितिको बैठकमा कांग्रेस सांसद रामहरि खतिवडाले उक्त प्रश्न गरेका हुन्।
‘उपसभामुख किन, के कार्यक्रममा जानु भएको हो? संसद्को कार्यक्रम होकि होइन? सदनलाई जानकारी गराउनु पर्छ कि पर्दैन?सांसदहरूलाई चाहिँ एनजीओ, आईएनजीओको कार्यक्रममा जाने होइन है भन्ने अनि आफू चाहिँ लुरुलुरु जाने? सदन चलिरहेको बेलामा किन जानुभयो?,’ उनले प्रश्न गरे।
जवाफमा सभामुख देवराज घिमिरेले राना आफ्नै हिसावले गएको बताएका थिए। ‘उहाँ आफ्नै हिसाबले, सदनको खर्च हुने गरी होइन व्यक्तिगत खर्च हुने गरी एनजीओ, आईएनजीओको कार्यक्रममा सहभागी हुन जानु भएको हो,’ घिमिरेको जवाफ थियो।
उपसभामुख रानालाई कांग्रेस-एमालेले महाअभियोग लगाउँदै पदबाट हटाउने तयारी गरिरहेका छन्। उनीहरूले यसका लागि आफ्ना सांसदलाई हस्ताक्षर गराइरहेका छन्।







डिसी नेपाल







Facebook Comment