बालबालिकासम्बन्धी विधेयकलाई थप समृद्ध बनाउन आवश्यकता : सभापति गैरे

डिसी नेपाल
४ भदौ २०८२ १५:३९
20
Shares

काठमाडौं । प्रतिनिधिसभाको राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्यांकन समितिका सभापति ठाकुर गैरेले बालबालिकासम्बन्धी विधेयक २०८२ लाई थप समृद्ध बनाउँदै बालअधिकार सुनिश्चित गर्नुपर्ने बताएका छन्।

बुधबार प्रतिनिधिसभाको बैठकमा बालबालिका सम्बन्धी विधेयकको पहिलो संशोधनसहितको सैद्धान्तिक छलफलमा बोल्दै सभापति गैरेले बालबालिकाको संरक्षण, सामाजिक सुरक्षा र उज्ज्वल भविष्य सुनिश्चित गर्न कानुनको भूमिका महत्वपूर्ण हुने उल्लेख गरे।

उनले भने, ‘हामी बालबालिकासम्बन्धी विधेयकको पहिलो संशोधनसहितको विधेयक २०८२ को सैद्धान्तिक छलफलमा छौं। नेपाल सरकारले बालबालिकाजस्तो संवेदनशिल विषयमा ल्याएको यो विधेयकले उनीहरूको सामाजिक सुरक्षा र उज्वल भविष्यको ग्यारेन्टी गर्न सक्नुपर्छ।’

सभापति गैरेले बालबालिकामाथि जलवायु परिवर्तन र वातावरणीय प्रदूषणले आमाको कोखदेखि नै असर पारिरहेको भन्दै त्यसको न्यूनिकरण गर्न कानुनी सुनिश्चितता आवश्यक रहेको धारणा राखे।

‘बालअधिकारको सुनिश्चितता र न्यायप्राप्तिको सुनिश्चितता हुने गरी कानुन निर्माण हुनुपर्छ, बालबालिकाहरुको संरक्षण र बालअधिकारको न्यायको सुनिश्चितता गर्ने गरी हाम्रो कानुन बन्नुपर्ने आवश्यकता छ’, उनले भने।

सरकारले बालबालिकासम्बन्धी विषयलाई उच्च प्राथमिकतामा राखेर विधेयक ल्याएको भन्दै गैरेले त्यसलाई सबैपक्षीय सुझावसहित सशक्त बनाउनु पर्नेमा जोड दिएका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *