आधारभूत मूल्य र मान्यतासँग सम्झौता गरेर प्राप्त सत्ताको अर्थ हुँदैन : गगन थापा

डिसी नेपाल
४ भदौ २०८२ १५:५५
36
Shares

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन कुमार थापाले आधारभूत मूल्य र मान्यतासँग सम्झौता गरेर प्राप्त भएको सत्ताको कुनै अर्थ नहुने बताएका छन्।

बुधबार काठमाडौंमा प्रजातन्त्र सेनानी कर्मयोगी नन्दप्रसाद शिवाकोटी स्मारिका विमोचन गर्दै महामन्त्री थापाले चूनाव जितेर सत्तामा जाने आकांक्षालाई स्वभाविक रुपमा लिनुपर्ने तर आधारभूत मूल्य र मान्यतासँग सम्झौता गरेर सत्ता प्राप्त भए त्यसको कुनै अर्थ नहुने बताएका हुन्।

कांग्रेसको आफ्नै आस्था, सिद्धान्त, विचार र मूल्यमान्यता रहेकाले त्यससंग सम्झौता गरेर सत्तामा टिकिरहने कुरा उचित नहुने उनको भनाइ छ।

थापाले अहिले कांग्रेस पार्टीभित्र ठूलो आत्मविश्वासको आवश्यकता रहेको धारणा राखे। उनले पार्टीभित्र वा बाहिर संख्याका आधारमा गरिने कुनै पनि निर्णय वैधानिक हुने भएपनि त्यसलाई आमपार्टी पंक्तिले स्वीकार गर्छ वा गर्दैन भन्ने ख्याल राख्नुपर्नेमा जोड दिए।

थापाले कांग्रेस देशको महत्त्वपूर्ण शक्ति रहेकाले देशमा देखिएका समस्या समाधानका लागि अग्रसर हुनुपर्ने धारणा राखे।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *