देशको राजनीतिको पुरै जिम्मा मैले लिएजस्तो लाग्छः प्रचण्ड

डिसी नेपाल
४ भदौ २०८२ १८:१२
44
Shares

काठमाडौं। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले देशको राजनीतिको पुरै जिम्मा आफूले लिएजस्तो लाग्ने गरेको बताएका छन्।

बुधबार काठमाडौंमा साहित्यकार बाबा बस्नेतका कृति लोकार्पण गर्दै प्रचण्डले आफू प्रतिपक्षी दलको नेता भएपनि देशको राजनीतिको पुरै जिम्मा आफ्नै काँधमा रहेको र आफूले छाडे भत्किहाल्छ जस्तो लाग्ने गरेको बताए। प्रचण्डले आफूलाई अहिले पनि जिम्मेवारीले थिचिरहेको र जिम्मेवारी पूरा गर्नको लागि समर्पित रहेको धारणा राखे।

उनले आफस्लाई साहित्य क्षेत्रमा निकै रुची रहेपनि चाहेर पनि समय दिन नसकेको जिकिर गरे। प्रचण्डले आफुले पटक पटक सरकारको नेतृत्व गर्दा साहित्य कला र खेलकुदको क्षेत्रलाई प्राथमिकतामा राखेर न्याय गरेको बताए।

कार्यक्रममा प्रचण्डले तीनवटा कृति रङ्गीन घरहरू (कथासंग्र्रह), ढुंगामा आकार (कवितासंग्रह) र आवाज (श्रव्य नाटकसंग्रह) लोकार्पण गरेका थिए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.