समाजलाई अगाडि बढाउन महिलाको विशेष भूमिका: उपप्रधानमन्त्री सिंह

डिसी नेपाल
४ भदौ २०८२ २०:५७
28
Shares

काठमाडौं। उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहले समाजलाई अगाडि बढाउन महिलाको विशेष भूमिका रहेको बताएका छन्।

कांग्रेसको भ्रातृ संस्था नेपाल महिला संघ काठमाडौं क्षेत्र नं १ ले आज यहाँ आयोजना गरेको ‘तीज विशेष’ कार्यक्रममा उनले मुलुकको राजनीतिक परिवर्तनमा महिलाको महत्त्वपूर्ण भूमिका रहेको उल्लेख गरे।

उनले तीजको मान्यतालाई तलमाथि नपर्ने गरी, मौलिकता नविर्सिकन मनाउनुपर्ने बताए। उपप्रधानमन्त्री सिंहले चेलीबेटीले तीजमा गीत र नृत्यमार्फत सुखदुःख अभिव्यक्त गर्ने परम्परा रहेकाले तीज मनाउँदा यसको मौलिकता बिर्सन नहुने बताए।

उपप्रधानमन्त्री सिंहले तीज मनाउँदै गर्दा यसरी भेला भएर गाउन पाउने, नाच्न पाउने अधिकारका लागि विशेष गरी नेपाल महिला संघ र त्यसको संस्थापक मंगलादेवी सिंहको योगदानको स्मरण गरे।

‘पुरुषसरह सम्पूर्ण अधिकार प्राप्त गर्ने मात्र होइन की अधिकारसँगै आफूले पूरा गर्नुपर्ने जिम्मेवारीमा पनि महिला सजग हुनुपर्छ’, उनले भने।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *