संसद निरही थलो भएर बस्नु हुँदैन : पूर्वराष्ट्रपति भण्डारी

डिसी नेपाल
५ भदौ २०८२ १६:४२
76
Shares

काठमाडौं । पूर्वराष्ट्रपति एवम एमाले पूर्वउपाध्यक्ष विद्यादेवी भण्डारीले संसद नै निरीह थलो बनेको बताएकी छिन्।

बिहीबार मदन भण्डारी फाउन्डेसनको हीरक जयन्ती आयोजन समितिको सम्पर्क कार्यालय उद्घाटन कार्यक्रममा बोल्दै उनले संसद् निरीह थलो भएर बस्दा जनमानसमा राम्रो सन्देश नगएको बताइन्।

अहिले ठूला दलहरुले नै संविधानमाथि प्रश्न उठाएको उल्लेख गर्दै सविंधान संशोधन गर्नुपर्छ भनेर गरेको सहमतिको पालना नगरेको पनि बताइन्।

उनले संविधानबारे प्रश्न उठाइएको तर अहिलेसम्म वौद्धिक बहस नभएकोप्रति चिन्ता व्यक्त गरिन्। उनले नेपालको शिक्षा प्रणालीलाई सुधार गर्नुपर्ने आवश्यकता देखिएतापनि शिक्षा सम्बन्धी कानुन बन्न नसकेकोप्रति आपत्ति जनाइन्।

त्यस्तै भण्डारीले आफू निरन्तर नेकपा एमालेमा सक्रिय कार्यकर्ताको रुपमा काम गर्ने प्रतिवद्धता जनाइन्। उनले आफू माले हुँदादेखि नै कम्युनिष्ट आन्दोलनमा सक्रिय रहेको, एमालेकै कार्यकर्ताको रुपमा निरन्तर काम गर्ने र आलोचनाभन्दा बाहिर रहन नसक्ने बताइन्।

उनले एमालेको जन्म हुनुभन्दा धेरै अघिदेखि आफू कम्युनिष्ट आन्दोलनमा सहभागी भएको दाबी समेत गरिन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *