डा. शेखरको प्रश्नः कार्यालय सहयोगीको भन्दा शिक्षकको तलब कम छ, यस्तो पनि हुन्छ ?

डिसी नेपाल
६ भदौ २०८२ ११:०८
228
Shares

काठमाडौं। नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले शिक्षकमाथि राज्यले उचित मूल्यांकन नगरेकोप्रति गम्भीर चिन्ता व्यक्त गरेका छन्।

शुक्रबारकाठमाडौंस्थित ज्ञानज्योति महिला माध्यमिक विद्यालयको २०औं वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै उनले शिक्षा प्रणालीको वर्तमान अवस्थाबारे धारणा राखेका हुन्।

कोइरालाले भने, ‘हामी नेपालीहरूमा क्षमता छैन भन्ने होइन, क्षमता छ। तर त्यो क्षमतालाई उजागर गर्न सकिरहेका छैनौं।’

उनले शिक्षकमाथिको तलब संरचनाप्रति आक्रोश जनाउँदै थपे, ‘कार्यालय सहायकको भन्दा शिक्षकको तलब कम छ यो देशमा। यस्तो पनि हुन्छ ? अनि शिक्षकहरूले कसरी मन लगाएर काम गर्ने? यसबारे सोच्न जरुरी छ।’

उनले शिक्षा क्षेत्रका समस्या समाधान गर्न राज्यले गम्भीर ध्यान दिनुपर्ने बताए। ‘अहिले शिक्षकहरूका बारेमा विधेयक बन्दैछ। राज्यले सामुदायिक र सरकारी विद्यालयहरूलाई कसरी गुणस्तरीय बनाउने भन्नेमा प्राथमिकता दिनुपर्छ,’कोइरालाले भने।

शिक्षकको कम तलबले विद्यार्थीको पढाइमा प्रत्यक्ष असर पार्ने उनको भनाइ थियो। साथै, उनले शिक्षा नै राष्ट्रको समृद्धिको मूल आधार भएको उल्लेख गर्दै शिक्षा क्षेत्रमा लगानी गर्न सरकारलाई आग्रह गरे।

‘देशको आर्थिक अवस्था कमजोर छ तर शिक्षा नै सबैभन्दा महत्वपूर्ण कुरा हो।’ उनले भने। उनले कुनै पनि देशलाई विश्वमा चिनाउने माध्यम शिक्षा नै हो भन्ने बुझ्न जरुरी रहेको बताए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *