मान्छेको जीवन आफ्नो लागि नभइ अरुको लागि सर्मपण गर्नुपर्ने डा शशांकको भनाइ
काठमाडाैं। नेपाली कांग्रेसका पूर्वमहामन्त्री डा शशांक कोइरालाले मान्छेको पहिचान असल हो कि खराब हो भन्नेबाट हुने बताएका छन्।
नेपाली कांग्रेस सर्लाही क्षेत्र नम्बर १ द्वारा आयोजित पूर्व जिल्ला सभापति बासुदेव शरण कोइरालाको शोकसभालाई सम्बोधन गर्दै डा कोइरालाले मान्छेको पहिचान उसको व्यवहारले निर्माण हुने बताए।
डा कोइरालाले वीपी कोइरालाले आफ्नो लागि भन्दा जनताका लागि केही गरौं भन्ने भावना भएकाले अहिलेसम्म पनि उनको स्मरण गरिरहेको बताए। कोइरालाले मान्छेको जीवन आफ्नो लागि नभइ अरुको लागि सर्मपण गर्नुपर्ने बताए।
मान्छेले समाजका लागि जति राम्रो काम गर्न सक्यो त्यती नै प्रसिद्धी कमाउने डा कोइरालाको भनाइ थियो। डा शशांकले बासुदेव शरण कोइरालाले पनि आफ्नो लागि नभई राजनीति, समाजसेवा गरेर जीवन अरुका लागि सर्मपर्ण गरेको बताए।
नेपाली कांग्रेस सर्लाही क्षेत्र नम्बर १ का सभापति हरिबहादुर लुंगेलीको सभापतित्वमा भएको कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रीय सदस्य गुरु बराल, उर्मिला थपलिया नेपाल तरुण दलका केन्द्रीय सदस्य भरत खड्काको समेत उपस्थिति रहेको थियो।







डिसी नेपाल







Facebook Comment