नयाँ संसद भवनको कन्फ्रेन्सिङ सिस्टमको परीक्षण र डेमो प्रदर्शन

डिसी नेपाल
६ भदौ २०८२ १३:२५
88
Shares

काठमाडौं । नयाँ संसद भवनको कन्फ्रेन्सिङ सिस्टमबारे आज परीक्षण गर्दै डेमो प्रदर्शन गरिएको छ। सिंहदरबारभित्रै बनिरहेको संसद भवनमा आधुनिक प्रणाली जडान गरिँदैछ।

विभिन्न देशमा प्रयोग भएको अत्याधुनिक प्रणाली नै नेपालको संसदमा प्रयोग गरिएको सहरी विकास मन्त्रालयका सचिव गोपाल सिग्देलले जानकारी दिनुभयो ।

‘नयाँ संसद भवनमा प्रविधिको बारेमा आज उपप्रधानमनत्री एवम् शहरी विकास मन्त्रीज्यूलाई ब्रिफिङ गरिउको छ। संसद भवनमा राखिएको कन्फ्रेन्सिङ सिस्टमले कसरी काम गर्छ? परीक्षण पनि गरियो,’ सहरी विकास तथा भवन निर्माण विभागका महानिर्देशक मचाकाजी महर्जनले जानकारी दिए।

उनका अनुसार प्रतिनिधिसभामा ३५४ वटा र राष्ट्रिय सभामा ९४ वटा डिभाइस हरेक टेबलमा जडान हुनेछ। नयाँ संसद भवनमा जडान हुने प्रविधि अहिलेको संसद भवनको भन्दा आधुनिक हुनेछ। जसमा आफ्नो कुर्सीमा जडित डिभाइसबाट मतविभाजनका क्रममा मत दिन सकिने, संसदमा प्रस्तुत विधेयक र अन्य डकुमेन्ट सिधै डिभाइसमा हेर्न मिल्नेछ भने संसदको क्यामेरा सिस्टम पनि डिभाइसमा आधारित हुनेछ।

संसद भवनको निर्माण कार्यसँगै संसदभित्रको प्राविधिक पक्ष उन्नत बनाउनुपर्ने उपप्रधानमन्त्री सिंहले जोड् दिएका छन्। नयाँ प्रविधिले संसदको कामकारवाहीलाई सहज र प्रभावकारी बनाउने विश्वास गरिएको छ।

नयाँ संसद भवनको कन्फ्रेन्सिङ सिस्टमबारे उपप्रधानमन्त्री एवम् शहरी विकास मन्त्री प्रकाशमान सिंहसहित संघीय संसदका महासचिव, सचिव, सचिवालयका प्रतिनिधिहरुबिच नयाँ प्रणालीले कसरी काम गर्छ परीक्षण गरेर देखाइएको थियो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.