संख्याको बलमा सरकार चलाउने नभइ, प्रतिपक्षको कुरा सुन्ने संस्कृति नै लोकतन्त्र हो : रास्वपा

डिसी नेपाल
६ भदौ २०८२ १४:१२
52
Shares

काठमाडाैं। राष्ट्रिय स्वतन्त्र पार्टीले आफूहरुको आन्दोलनलाई लोकतान्त्रिक अभ्यासविरुद्धको कदमको रुपमा चित्रण गर्न खोजिएको भन्दै आपत्ति जनाएका छन्।

शुक्रबार बसको प्रतिनिधिसभा बैठकमा रास्वपा सांसद निशा डाँगीले सरकारले आफूहरुले सदनमा गरिरहेको आन्दोलन र बहिस्कारलाई लोकतान्त्रिक अभ्यासविरुद्धको कदम भनेर चित्रण गर्न खाजेको भन्दै आपत्ति जनाइन्। उहाले संसद् बहिष्कार कुनै संविधान विरोधी अभ्यास नभएको र लोकतन्त्र भित्रको असहमतिको औपचारिकशैली भएको दाबी गरिन्।

उनले रास्वपाको आन्दोलन र बहिष्कार मूलतः सत्ता पक्षलाई खबरदारी गर्न र नेपाली जनताहरूको आवाजलाई यस सदनमा प्रतिनिधित्व गर्नका लागि भएको जनाइन्। लोकतन्त्र भनेको सङ्ख्याको बलमा सरकार चलाउने नभइ प्रतिपक्षको कुरा सुन्ने संस्कृति नै लोकतन्त्र हो भन्ने बिर्सन नहुने उनको भनाइ छ। उनले दुई महिनाभन्दा बढी समयदेखि मानव तस्कर विरुद्ध निरन्तर आन्दोलन गरिरहदा परिणाम शून्य नै रहेको उल्लेख गरिन्।

भ्रष्टाचारको मुद्दाहरू र विभिन्न कालखण्डमा भएका काण्डै-काण्डबाट निस्कनै नसकेको पार्टीहरूले रास्वपाका नेताहरुमाथि थरिथरिका आरोप लगाएर नैतिकतामाथि प्रश्न उठाइरहेको उनले बताइन्।

डाँगीले आफूहरुमाथि नैतिकताको प्रश्न उठाउनु भनेको परीक्षामा उतीर्ण नभएका विद्यार्थीहरुले अरुलाई परीक्षामा पास हुन सिकाएजस्तै भएको तर्क गरिन्। उनले भिजिट भिसा प्रकरणमा आफूहरुको उठाएका मुद्दा यथावत नै रहेको र आन्दोलन जारी रहेको बताइन्।

त्यस्तै राप्रपा सांसद अनिशा नेपालीले नेपालसँग छलफल नगरी चीन र भारतबीच व्यापारिक मार्ग खोल्ने सहमतिको विरोध गर्दै उक्त कदम अन्तर्राष्ट्रिय कानुन र कूटनीतिक मर्यादा विपरीतको भएको बताइन्। यस बिषयमा नेपाल सरकारले उच्चस्तरीय कूटनीतिक पहल गरी सहमति खारेज गर्न उनले माग गरिन्।

सांसद नेपालीले राष्ट्रिय सवालमा सवै दलहरु एकताबद्ध हुनुपर्ने उल्लेख गरिन्। उनले भिजिट भिसा प्रकरणमा संसदीय छानविन समिति गठन भएसम्म सदन बहिष्कार गर्ने बताइन्। त्यसपछि रास्वपा र राप्रपाका सांसदहरुले सदन बहिष्कार गरेका थिए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.