आदिवासी जनजातिका अग्रजहरूले कुनै एक जातजातिका लडेको होइन, देशका लागि हो: महामन्त्री थापा

डिसी नेपाल
६ भदौ २०८२ २२:५५
100
Shares

पाटन (ललितपुर)। नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले आदिवासी जनजाति समुदायका अग्रजहरूले कुनै एक जातजातिको लागि मात्रै नभइ सिङ्गो देशका लागि लडेको बताएका छन्।

नेपाली कांग्रेसको आदिवासी जनजाति विभागद्वारा शुक्रबार पार्टीको केन्द्रीय कार्यालय सानेपामा आयोजित आदिवासी जनजाति योद्धाहरू पुस्तक विमोचन तथा सम्मान कार्यक्रममा उनले देशको राजनीतिक परिवर्तनका साथसाथै स्वतन्त्रता र समानताको लागि अग्रजहरूले लडेर ल्याएको उपलब्धिलाई सबैले समान रूपले उपभोग गर्न पाउने वातावरण तयार गर्नुपर्ने बताए।

‘तपाईंहरूको परिवारको आग्रज लडेको कुनै जातजातिको स्वतन्त्रताको लागि होइन, सिङ्गो नेपालको स्वतन्त्रताको लागि लडेको हो, सबै नेपालीको स्वतन्त्रता, समानता, प्रजातन्त्र र लोकतन्त्रको लागि लडेको हो, स्वतन्त्रता समानताको उपभोग सबै जातजातिले गर्न पाए मात्रै अर्थपूर्ण हुन्छ, त्यसैले हामीले लोकतन्त्रको विश्वव्यापी मान्यतासँगसँगै नेपालको विविधतालाई समेटेर जाने भनेर संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थाको अभ्यासमा छौँ, यसमा भएका गल्ती कमजोरीलाई हामीले सुधार गर्नुपर्छ’, उनले भने।

नेता थापाले नेपालको राजनीतिमा स्थापित भएको आदिवासी जनजातिको, समावेशीकरणको इतिहास कांग्रेसभित्रबाट नै सुरु भएको भन्दै विसं २०१५ देखि नै पार्टीको समितिदेखि आन्दोलन र मन्त्रिमण्डलसम्म समावेशी चरित्रको रहेको बताए। ‘अब हामीले देश बनाउछु भनेर लागेका नवजवानलाई प्रेरित गर्नुपर्छ, बाँकी रहेका कामलाई सम्पन्न गर्नुपर्छ, पार्टी निरन्तर पुस्तान्तरणमा चलिरहन्छ, नेपाल सधैँ रहन्छ, नेपाली कांग्रेस पनि निरन्तर चलिरहन्छ’, उनले भने।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.