संखुवासभाकाे मघाङ केन्द्रबिन्दु भएर ४.४ म्याग्निच्यूडको भूकम्प

डिसी नेपाल
७ भदौ २०८२ ६:३६
1.5k
Shares

काठमाडौं। पूर्वी नेपालको संखुवासभा जिल्लामा भूकम्पको धक्का महसुस भएको छ। शुक्रबार राति ११ः१५ मा सो जिल्लाको मघाङ केन्द्रबिन्दु भएर ४.४ म्याग्निच्यूडको भूकम्प गएको हो।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार पूर्वी नेपालका केही जिल्लामा भूकम्पको धक्का महसुस गरिएको थियो।

भूकम्पबाट कुनै मानवीय तथा भौतिक क्षति भए नभएको बारेमा कुनै विवरण भने प्राप्त हुन सकेको छैन। विसं २०७२ बैशाख १२ गतेको विनाशकारी गोरखा भूकम्पपश्चात् नेपालमा कम म्याग्निच्यूडका भूकम्प जानेक्रम रोखिएको छैन।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *