भियतनामकी उपराष्ट्रपति नेपाल आउँदै

डिसी नेपाल
७ भदौ २०८२ १०:४०
52
Shares

काठमाडौं । समाजवादी गणतन्त्र भियतनामका उपराष्ट्रपति भो थि आन सुआन नेपालको तीनदिने औपचारिक भ्रमणका लागि शनिबार काठमाडौं आउँदैछिन्।

उपराष्ट्रपति रामसहायप्रसाद यादवको मैत्रीपूर्ण निमन्त्रणामा उनी नेपाल भ्रमणमा आउन लागेकी हुन्।

भियतनामको तर्फबाट नेपालको यो पहिलो उच्चस्तरीय भ्रमण हुने परराष्ट्र मन्त्रालयले जनाएको छ। उपराष्ट्रपति सुआनले यही भदौ ७ देखि ९ गतेसम्म रहने छन्।

उनले भ्रमणको क्रममा, दुई उपराष्ट्रपतिले २४ अगस्ट २०२५ मा काठमाडौंमा हुने नेपाल–भियतनाम द्विपक्षीय बैठकमा आ–आफ्नो प्रतिनिधिमण्डलको नेतृत्व गर्नेछन्।

यसका साथै, उपराष्ट्रपति जुआनले नेपालका उच्च पदस्थ व्यक्तिहरूसँग भेटघाट र शिष्टाचार भेटवार्ता गर्नेछन्। दुई देशबीच कूटनीतिक सम्बन्ध स्थापनाको ५० औं वार्षिकोत्सव मनाउने यो वर्ष विशेष महत्वको छ।

उपराष्ट्रपति सुआन २५ अगस्ट २०२५ मा काठमाडौंबाट हनोई प्रस्थान गर्ने कार्यक्रम तय भएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *