समाजवादी यात्राको आधार उत्पादन होः प्रचण्ड
काठमाडौं। नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कृषि, उद्योग, जडीबुटी, पर्यटनजस्ता स्थानीय सम्भावनामा आधारित आत्मनिर्भर अर्थतन्त्र निर्माण तथा पार्टीलाई समाजवादतर्फ रुपान्तरण गर्ने आधार उत्पादन भएको बताएका छन्।
आज पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा भएको आर्थिक उत्पादन विभागको पहिलो बैठकमा उनले भने, ‘हामी समाजवादको यात्रातर्फ जाँदैछौँ भने त्सको मूल आधार उत्पादन हो। उत्पादनका निम्ति सिङ्गो पार्टी केन्द्रित नभई समाजवाद सम्भव हुँदैन।’
हेटौँडा महाधिवेशनले लिएको ‘युद्ध होइन, उत्पादन संघर्ष’निर्णय कार्यान्वयन गर्न नसकिएको स्वीकार गर्दै अब पार्टीले जनतासँग प्रत्यक्ष जोडिन, समुदायमा फर्किन र उत्पादनलाई प्राथमिकतामा राख्न अभियान चलाउने अध्यक्ष दाहालले बताए।
No ads found for this position



डिसी नेपाल
Facebook Comment