राज्य व्यवस्था समिति सभापतिको निर्वाचन ११ गते
काठमाडौं। नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले प्रतिनिधिसभाअन्तर्गत रहेको राज्य व्यवस्था तथा सुशासन समितिको सभापतिबाट राजीनामा दिएको १५ दिनपछि समितिले सभापति पाउने तय भएको छ।
संघीय संसद् सचिवालयले समितिको सभापति चयनका लागि आज निर्वाचनसम्बन्धी सूचना प्रकाशन गरेको हो।
सभामुख देवराज घिमिरेले समितिको सभापति लामो समयसम्म रिक्त नराख्न भनेका थिए। यो समितिको सभापतिमा नेपाली कांग्रेसले नै दाबी गर्ने भनिएको छ।
कांग्रेस सभापति शेरबहादुर देउवाले आज समितिको सभापतिको उम्मेद्वार तय गर्न पदाधिकारी बैठक राखेका छन्।

No ads found for this position
प्रतिक्रिया



डिसी नेपाल
Facebook Comment