जिम्मेवार वहन गर्न नसक्ने ‘नक्कली कम्युनिष्ट’ हो : वामदेव गौतम

डिसी नेपाल
९ भदौ २०८२ १३:१६
64
Shares

काठमाडौं। नेकपा एकीकृत समाजवादीका नेता वामदेव गौतमले सिधै जनतामा पुग्ने जिम्मेवारी खोजेको बताएका छन्।

सोमबार ‘आजको सन्दर्भमा नेपाली विशेषताको समाजवाद’ विषयक विचार गोष्ठी कार्यक्रमलाई सम्बोधन गर्दै उनले समाजवादी पार्टीका भित्री कुरा आफूलाई थाहा नभएको भन्दै आफूले जिम्मेवारी खोजेको बताएका हुन्।

उनले भने, ‘मैले जनतामा सिधै गइहाल्ने जिम्मेवारी खोजेको हुँ। जनतामा सिधै जाने माध्यम के हुन सक्छ र समाजवादी पार्टीमा त्यस्तो के छ सबै थाहा छैन। त्यसको पहिचान खोजिरहेको छु।’

नेता गौतमले समाजवादीका नेताहरु काठमाडौंकेन्द्रित भएको भन्दै पार्टीले प्रत्येक सदस्यले एउटा जिम्मेवारी वहन गर्नदिनुपर्ने बताए।

‘काठमाडौं उपत्यका भित्र समाजवादीका नेताहरु छन्। थल्लो तहमा त निश्चय पनि नेताहरु छैनन्। तल्लो तहमा नेता छैन भन्ने मलाई लागेको पनि छ। त्यसैले पार्टीको प्रत्येक सदस्यले एउटा न एउटा जिम्मेवारी वहन गर्नुपर्छ,’ उनले भने।

यस्तै उनले कम्युनिष्ट पार्टीका सदस्यले जिम्मेवारी वहन गर्न नसक्ने भए त्यो नक्कली कम्युनिष्ट हुने बताए।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *