राज्य व्यवस्था समितिको सभापतिको निर्वाचन तालिका सार्वजनिक

डिसी नेपाल
९ भदौ २०८२ १६:४८
56
Shares

काठमाडौं । प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको सभापतिको निर्वाचन तालिका सार्वजनिक गरिएको छ। कार्यतालिका अन्तर्गत भोलि मनोनयन र पर्सी निर्वाचन हुने छ।

भोलि दिउँसो १ बजेदेखि ४ बजेसम्म मनोनयन दर्ता गर्ने र सवा ४ बजे उम्मेदवारको नामावली प्रकाशन गरिने छ।

बुधबार दिउँसो ३ बजे राज्य व्यवस्था समितिको बैठक बस्ने र सभापतिको निर्वाचन हुनेछ। एक जनाको मात्रै उम्मेदवारी परेमा भने सर्वसम्मत हुनेछ।

सत्तापक्षले कांग्रेसको उम्मेदवारलाई समर्थन गर्ने भएका छन्। प्रतिपक्षले भने उम्मेदवार उठाउने विषय तय गरिसकेको छैन।

२७ सदस्यीय समितिमा नेपाली कांग्रेसका ९ र नेकपा एमालेका ६ जना सांसद छन्। एमाले र कांग्रेस मिल्दा मात्रै समितिमा दुई दलको सांसद संख्या १५ पुग्छ। यो सभापति निर्वाचनका लागि बहुमत संख्या हो।

यसबाहेक समितिका सत्तापक्षकै लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालका सर्वेन्द्रनाथ सुक्ला र जनमत पार्टीकी अनिता देवी र जनता समाजवादी पार्टी (जसपा) का अशोककुमार राई सदस्य छन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *