शिक्षा र स्वास्थ्यमा नेपालले फड्को मारेको छ : नेता महत

डिसी नेपाल
९ भदौ २०८२ २०:०१
28
Shares

काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता तथा पूर्वअर्थमन्त्री डा प्रकाशशरण महतले शिक्षा, स्वास्थ्यलगायतका मुलभूत सेवाका क्षेत्रमा नेपालले पछिल्ला वर्षहरूमा उल्लेखनीय प्रगति हासिल गरेको बताएका छन्।

आज यहाँ आयोजित मिस एण्ड मिसेस गुरुङ ग्राण्ड फिनाले २०२५ लाई सम्बोधन गर्दै उहाँले नेपाल समाज रुपान्तरणको महत्त्वपूर्ण चरणमा रहेको र यसले विकासका विभिन्न सूचकहरूमा सकारात्मक सङ्केत दिएको उल्लेख गरे।

डा महतले विगतमा शिक्षाको पहुँच सीमित रहेको, पढ्न जान्ने र नजान्नेबीच विभेद रहेकामा हाल सुधार भएको बताए। ‘हिजोका दिनमा स्कुल पढ्न जानु ठूला परिवार वा सहरका केटाकेटीको मात्र अधिकार जस्तो देखिन्थ्यो’, उनले भने, ‘अहिले त्यो अवस्था परिवर्तन भएको छ। शिक्षामा समावेशिता आएको छ । गाउँगाउँमा विद्यालय पुगेका छन्, छात्रवृत्ति, पोषण, बालमैत्री कार्यक्रमले बालबालिकाको स्कुलप्रतिको उत्साह बढेको छ।’

कार्यक्रममा विभिन्न सांस्कृतिक प्रस्तुति, मिस एण्ड मिसेस गुरुङ ग्राण्ड फिनाले २०२५ प्रतियोगिता आयोजना गरिएको थियो। यो कार्यक्रम गुरुङ समुदायको कला, संस्कृति, पहिरन तथा परम्परागत सौन्दर्यलाई उजागर गर्न आयोजना गरिएको आयोजकले जनाएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *