‘मन्त्री फेर्ने मुडमा छैन कांग्रेस’
काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा पार्टीबाट सरकारमा सहभागी मन्त्री हेरफेर मुडमा नरहेको बताइएको छ।
आज देउवा निवास बूढानीलकण्डमा कांग्रेस शीर्ष नेताहरूको बैठक बसेको थियो। उक्त बैठकमा मन्त्री हेरफेरबारे कुनै छलफल नभएको मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिएका छन्।
‘आजको बैठकमा मन्त्री फेरबदलको कुनै छलफल भएको छैन। जसपा र लोसपाको फेर्ने कुरा चलिरहेको छ। प्रधानमन्त्रीले कुरा गर्नु स्वभाविक हो। तर पार्टीभित्र मन्त्री फेर फेरबारे कुनै छलफल भएको छैन। कांग्रेसले अहिले पार्टीका मन्त्री हेरफेर गर्ने सम्भावना छैन,’ उनले भने।
अहिले उपप्रधान तथा सहरी विकास मन्त्रालयको जिम्मेवारी लिएर प्रकाशमान सिंहले कांग्रेसबाट सरकारको नेतृत्व गरिरहेका छन्।
प्रधानमन्त्री केपी ओलीले सरकार एक वर्ष पुगेपछि मन्त्री हेरफेर गर्न चाहे पनि कांग्रेस आफ्ना दलका मन्त्री फेर्ने मुडमा नदेखिएको हो।
No ads found for this position



डिसी नेपाल
Facebook Comment