कांग्रेस शीर्ष नेताहरूको बैठकमा राज्य व्यवस्था समिति सभापतिबारे छलफल

डिसी नेपाल
९ भदौ २०८२ २१:५२
124
Shares

काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेसका शीर्ष नेताहरूको बैठकमा राज्य व्यवस्था समिति सभापतिबारे छलफल भएको छ।

पार्टी सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाको निजी निवास बूढानिलकण्ठमा आज बसेको बैठकमा पार्टीको तर्फबाट राज्य व्यवस्था समितिको सभापति कसलाई बनाउने भन्ने विषयमा छलफल भएको हो।

कांग्रेसको तर्फबाट राज्य व्यवस्था समितिको सभापति बन्नुभएका रामहरि खतिवडाले राजीनामा दिएपछि उक्त स्थानमा सभापति कसलाई बनाउने भन्नेबारे छलफल भएको पार्टी उपसभापति धनराज गुरुङले जानकारी दिए। यस्तै, बैठकमा रुपन्देही क्षेत्र नं ३ मा आगामी कात्तिकमा हुन लागेको उपनिर्वाचनबारे पनि छलफल भएको थियो।

दुवै विषयलाई टुङ्ग्याउनका लागि भोलि बिहान पुनः बैठक बस्ने उपसभापति गुरुङले जानकारी दिए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *