पूर्वराष्ट्रपति भण्डारी र प्रवक्ता झाबीच भेटघाट

डिसी नेपाल
१० भदौ २०८२ १५:११
44
Shares

काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी र राष्ट्रिय स्वतन्त्र पार्टीका प्रवक्ता मनिष झाबीच भेटघाट भएको छ।

मंगलबार बिहान भण्डारीको निवासमा उनीहरुबीच राजनीतिक भेटघाट भएको हो। प्रवक्ता झाका अनुसार कुनै विशेष एजेन्डा भन्दा पनि राजनीतिक संवादको सुरुवात स्वरूपको भेटघाट थियो।
वर्तमान असाधारण राजनीतिक अवस्था बारेमा र यसको समाधानको आवश्यक पहलबारे छलफल भएको उनले जानकारी दिए।

भेटवार्तामा उपराष्ट्रपति भण्डारीले सहकारीको विषयमा समाधान गर्नुको साटो यसलाई अनावश्यक राजनीतिक मुद्दा बनाएको प्रति भण्डारीले सरोकार राख्नकासाथै र रविप्रति सद्भाव रहेको धारणा राखेकी थिइन्।

नयाँ पुस्ता राजनीतिमा आउनु राम्रो भएको धारणा राख्दै त्यसप्रति अभिभावकको भूमिका निर्वाह गर्न आफू तयार रहेको उनले बताइन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.