तिजको अवसरमा प्रथम महिला सबिता पौडेलद्वारा पशुपतिमा पूजा

डिसी नेपाल
१० भदौ २०८२ १५:४९
236
Shares

काठमाडौं । प्रथम महिला सबिता पौडेलले हरितालिका तिजको अवसरमा पशुपतिनाथको दर्शन एवम् पूजा अर्चना गरेकी हुन्।

प्रथम महिला पौडेलले मङ्गलबार पशुपतिनाथको मन्दिरमा विधिपूर्वक पूजा गरेर मन्दिरका पूजारीबाट टीका ग्रहण गरेकी हुन्।

नेपाली महिलाहरूको महान चाड तीजका अवसरमा पशुपतिनाथ मन्दिर लगायत देशभरका शिवालयमा बिहानैदेखि वर्तालु महिला भक्तजनहरूको भीड लागेको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *