राज्य व्यवस्था समितिको सभापतिमा ईश्वरी न्यौपाने सर्वसम्मत
काठमाडौं। राज्य व्यवस्था तथा सुशासन समिति सभापतिको पदमा ईश्वरी न्यौपाने सर्वसम्मत भएकी छन्।
संसदीय सुनुवाइ समितिको सभापतिबाट राजीनामा दिएकी न्यौपानेले राज्य व्यवस्था समितिमा मनोनयन दर्ता गराएकी थिइन्। सभापतिमा एकल उम्मेदवारी परेपछि उनी सर्वसम्मत भएकी हुन्। भोलि दिउँसो ३ बजे बस्ने राज्य राज्य व्यवस्था समितिको बैठकले उनलाई सभापतिमा घोषणा गर्नेछ।
पार्टीको निर्णय अनुसार न्यौपानेले रामहरि खतिवडालाई प्रस्तावक र एमाले सांसद कृष्णगोपाल श्रेष्ठलाई समर्थक राखेर राज्य व्यवस्था समितिको सभापतिमा उम्मेदवारी दर्ता गराएका हुन्।
समानुपातिक सांसद रहेकी न्यौपानेलाई कांग्रेसले यसअघि उपसभामुखको उम्मेदवार पनि बनाएको थियो।
No ads found for this position
प्रतिक्रिया



डिसी नेपाल
Facebook Comment