न्याय सेवाका आठ सहसचिवको सरुवा, को कहाँ?

डिसी नेपाल
१० भदौ २०८२ १९:४०
2.4k
Shares

काठमाडौं । न्याय सेवाका आठ जना सहसचिवको सरुवा गरिएको छ। सर्वोच्च अदालतले विभिन्न तहमा कार्यरत रजिस्ट्रारदेखि सहसजिष्ट्रारसम्मका कर्मचारीको सरुवा गरेको हो।

विशेष अदालतका रजिष्ट्रार जितेन्द्रबाबु थपलिया न्याय परिषद् सरुवा भएका छन्। उच्च अदालत पाटनका रजिष्ट्रार श्रीलाल पौडेललाई सर्वोच्च अदालत, सर्वोच्च अदालतका सह रजिष्ट्रार अशोककुमार क्षेत्रीलाई उच्च अदालत पाटन, उच्च अदालत जनकपुर अस्थायी इजलास वीरगन्जका रजिष्ट्रार दीपक भण्डारीलाई सर्वोच्च अदालतमा सरुवा गरिएको छ।

यसैगरी उच्च अदालत दिपायलका रजिष्ट्रार तारादत्त बडुलाई उच्च अदालत जनकपुर, अस्थायी इजलास पोखरा, उच्च अदालत पाटन, हेटौडा इजलासका रजिष्ट्रार रामु शर्मालाई उच्च अदालत पोखरा र उच्च अदालत तुलसीपुर, नेपालगन्ज इजलासका रजिष्ट्रार सपना अधिकारीलाई उच्च अदालत पाटन, हेटौडा इजलासमा सरुवा गरिएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *