एमालेको केन्द्रीय कमिटी बैठक स्थगित

डिसी नेपाल
११ भदौ २०८२ ८:५३
28
Shares

काठमाडौं । नेकपा एमालेको केन्द्रीय कमिटी बैठक स्थगित भएको छ।

एमाले केन्द्रीय प्रचार विभाग प्रमुख राजेन्द्र गौतमका अनुसार भदौ १३ गते दोस्रो विधान महाधिवेशन तयारीका लागि बोलाइएको बैंठक स्थगित भएको हो।

प्रधानमन्त्री ओली भदौ १८ गते स्वदेश फर्किने तालिका रहेको र एमालेको दोस्रो विधान महाधिवशेन ललितपुरको गोदावरीस्थित सनराइज हलमा यही भदौ २० देखि २२ गतेसम्म हुने तालिका रहेको छ।

पार्टीको महाधिवेशनमा २ हजार १२८ जना प्रतिनिधि र थप २६४ जना आयोजक गरी २ हजार ३९२ जनाको सहभागिता हुने एमालेले जानकारी दिएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *