राज्य व्यवस्था तथा सुशासन समितिको सभापतिमा ईश्वरी न्यौपानेले लिइन् शपथ

डिसी नेपाल
११ भदौ २०८२ १६:३६
48
Shares

काठमाडौं । प्रतिनिधिसभाअन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिकी नवनिर्वाचित सभापति ईश्वरी देवी न्यौपानेले शपथ ग्रहण गरेकी छन्।

बुधबार सभामुख देवराज घिमिरेद्वारा उनले पद तथा गोपनीयताको शपथ लिएकी हुन्।

सिंहदरबारस्थित कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको सभा हलमा शपथ ग्रहण कार्यक्रम सम्पन्न भएको हो। सपथ ग्रहणमा गृहमन्त्री, कानून न्याय तथा संसदीय मामिला मन्त्री, युवा तथा खेलकुद मन्त्री, रक्षा मन्त्री, विपक्षि दलका नेता, संसदीय दलका नेता, मुख्य सचेतक, समितिका सभापतिहरु लगायत सबैको उपस्थिति रहेको थियो।

समिति सभापतिका लागि अरू कसैको उम्मेदवारी नपरेका कारण नेपाली कांग्रेसकी सांसद न्यौपाने निर्विरोध निर्वाचित भएकी हुन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *