मन्त्रिपरिषदले विशेष अदालतका अध्यक्ष र सदस्य न्यायाधीशहरू तोक्यो
काठमाडौं । सरकारले विशेष अदालतका अध्यक्ष र सदस्य न्यायाधीशहरू तोकेको छ। न्याय परिषद्को परामर्शमा शुक्रबार बिहान बालुवाटारमा बसेको मन्त्रिपरिषद् वैठकले न्यायाधीशहरू तोकेको हो ।
न्यायपरिषदको साउन ३० को बैठकले नै न्यायाधीशहरूबारे सरकारलाई परामर्श दिइसकेको थियो । सोही परामर्शअनुसार मन्त्रिपरिषदले विशेष अदालतको अध्यक्षमा न्यायाधीश सुदर्शनदेव भट्टलाई तोकेको छ।
यस्तै सदस्यहरूमा न्यायाधीशहरू नारायणप्रसाद पौडेल, हेमन्त रावल, डिल्लीरत्न श्रेष्ठ र उमेश कोइरालालाई तोकेको छ । विशेष अदालतका अध्यक्ष र सदस्यहरू न्यायपरिषद्को परामर्शमा मन्त्रिपरिषद्ले तोक्ने कानुनी प्रावधान छ।
प्रतिक्रिया







डिसी नेपाल







Facebook Comment