१०औं राष्ट्रिय खेलकुदमा ११ टिम सहभागी हुँदै, कुल ३२ खेल हुने

डिसी नेपाल
१८ असोज २०८३ १९:४५

काठमाडौं। मंसिर १६ देखि २९ गतेसम्म सुर्खेतमा सञ्चालन हुने १० औं राष्ट्रिय खेलकुदमा कुल ३२ वटा खेल हुने भएका छन्।

कर्णालीको सुर्खेतमा आइतबार बसेको बैठकले ७ प्रदेश, ३ विभागीय टोली र १ गैरआवसीय नेपालीको टोलीसहित ११ टोलीले प्रतियोगितामा भाग लिन पाउने निर्णय गरेको हो।

आइतबार विरेन्द्रनगरको कर्भड हलमा बसेको बैठकले नेपाल सरकारको भदौ २२ गतेको निर्णय अनुरुप १० औं राष्ट्रिय खेलकुदको आयोजनासम्बन्धि विभिन्न निर्णय गरेको हो।

यस निर्णयमा १०औं राष्ट्रिय खेलकुदको सम्पूर्ण बजेट खर्च नेपाल सरकारबाट प्राप्त भएको १० औं राष्ट्रिय खेलकुद आयोजनाको बजेटबाट हुनेछ। यस प्रतियोगिता पश्चात पहिलो पारा राष्ट्रिय खेलकुद प्रतियोगिता पनि हुने निर्णय गरिएको छ।

१० औं राष्ट्रिय खेलकुदमा हुने ३२ खेलमा एथ्लेटिक्स , कुस्ती, ब्याटमिन्टन, कबड्डी (महिला र पुरुष), बक्सिङ, कराते, बस्केटबल (महिला र पुरुष), फुल कन्ट्याक्ट कराते, शारिरिक सुगठन, आइटीएफ तेक्वान्दो, क्रिकेट (महिला र पुरुष), टेबल टेनिस, फुटबल (महिला र पुरुष), बुद्धिचाल , ह्यान्डबल (महिला र पुरुष), जुडो, खो खो (महिला र पुरुष), रग्बी (महिला र पुरुष), पौडी, तेक्वान्दो, टेनिस, भलिबल (महिला र पुरुष), आर्चरी, उसु, जिम्न्यास्टिक, भारोत्तोलन, हक्की (महिला र पुरुष), ई स्टोस्ट्र्स, स्वाक्स, सुटिङ, साइक्लिङ, टेनिस, आर्चरी, जिम्न्यास्टिक र सेपाकताक्रो रहेका छन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *