एक्सट्रीम इनर्जी ड्रिंक र नेपाली क्रिकेटका ९ स्टार खेलाडीबीच ‘पावरफुल’ साझेदारी
काठमाडौं। नेपाली क्रिकेटको समग्र विकास, खेलाडीहरूको प्रोत्साहन तथा युवा पुस्तामाझ खेलकुदप्रतिको उत्साह र ऊर्जा बढाउने उद्देश्यका साथ एक्सट्रीम इनर्जी ड्रिंकले नेपाली राष्ट्रिय क्रिकेट टोलीका ९ जना चर्चित खेलाडीहरूलाई ‘टिम एक्सट्रीम’का सदस्यका रूपमा आबद्ध गरेको छ।
काठमाडौंस्थित एभरेष्ट होटलमा आयोजित एक विशेष कार्यक्रमका बीच एक्सट्रीम इनर्जी ड्रिंक र राष्ट्रिय क्रिकेट टोलीसँग आबद्ध ९ जना खेलाडीहरूबीच औपचारिक सम्झौता पत्रमा हस्ताक्षर सम्पन्न भएको हो।
यस सम्झौताअनुसार राष्ट्रिय क्रिकेट टोलीका खेलाडीहरू सन्दीप लामिछाने, रोहित पौडेल, सोमपाल कामी, आसिफ शेख, ललित राजवंशी, शेर मल्ल, ईशान पाण्डे, करण के.सी. र लोकेश बम ‘टिम एक्सट्रीम’का सदस्यका रूपमा औपचारिक रूपमा जोडिएका छन्।
सम्झौतापछि आबद्ध ९ जना खेलाडीहरूले मैदानमा प्रयोग गर्ने क्रिकेट ब्याटमा एक्सट्रीम इनर्जी ड्रिंकको लोगो रहनेछ। यसका साथै एक्सट्रीम इनर्जी ड्रिंकले आगामी दिनहरूमा सञ्चालन गर्ने विभिन्न व्यावसायिक प्रवर्द्धनात्मक कार्यक्रम, ब्रान्डिङ तथा खेलकुदसँग सम्बन्धित गतिविधिहरूमा पनि यी खेलाडीहरूको प्रत्यक्ष सहभागिता रहने जनाइएको छ।
नेपाली क्रिकेट क्षेत्रमा खेलाडीहरूले आर्जन गरेको लोकप्रियता र युवापुस्तामाझ उनीहरूको सकारात्मक प्रभावलाई ध्यानमा राखेर यो सहकार्य गरिएको हो। यस साझेदारीले क्रिकेट खेल र ब्रान्डबीचको सम्बन्धलाई थप सुदृढ र बलियो बनाउने अपेक्षा राखिएको छ। नेपाली क्रिकेटको श्रीवृद्धिमा सहयोग पुर्याउनुका साथै नयाँ पुस्तालाई खेलकुदतर्फ आकर्षित गर्न यस्तो व्यावसायिक सहकार्यले महत्त्वपूर्ण भूमिका खेल्ने एक्सट्रीम इनर्जी ड्रिंकले बताएको छ।
एनपीएलका ७ टोली समेटिएको विशेष संस्करणको क्यान सार्वजनिक
सोही कार्यक्रमका अवसरमा एक्सट्रीम इनर्जी ड्रिंकले नेपाल प्रिमियर लिग (एनपीएल) मा मुख्य प्रायोजकका रूपमा आफू आबद्ध भएका ७ टोलीहरूलाई समेटेर तयार पारिएको विशेष संस्करणको क्यान समेत सार्वजनिक गरेको छ।
एनपीएलका सम्बन्धित टोलीहरूको पहिचान, क्रिकेटप्रतिको समर्थकहरूको अपार उत्साह र माहोललाई समेटेर तयार पारिएको यस विशेष संस्करणको क्यानले खेलाडी तथा समर्थकहरूसँगको भावनात्मक सम्बन्धलाई अझ नजिक बनाउने कम्पनीको भनाइ छ। विशेष क्यानको बजार प्रवेशसँगै एनपीएलको माहोल थप रोमाञ्चक बन्ने र क्रिकेटप्रेमी तथा समर्थकमाझ एक्सट्रीमको उपस्थिति अझ प्रभावकारी र सशक्त हुने विश्वास लिइएको छ।
एक्सट्रीम इनर्जी ड्रिंकले नेपाली युवाहरूको ऊर्जा, उत्साह र खेलकुदप्रतिको समर्पणसँग आफूलाई जोड्दै आगामी दिनहरूमा पनि क्रिकेटलगायत विभिन्न खेलकुद गतिविधिहरूमा निरन्तर सहकार्य र सहभागिता जनाउँदै जाने प्रतिबद्धता व्यक्त गरेको छ।
No ads found for this position



डिसी नेपाल
Facebook Comment