नागरिकतासम्बन्धी विधेयक प्रतिनिधिसभामा टेबुल

डिसी नेपाल
१३ भदौ २०८२ १७:४१
52
Shares

काठमाडौं। प्रतिनिधिसभाको आजको बैठकमा ‘नेपाल नागरिकता (दोस्रो संशोधन) विधेयक, २०८१ का सम्बन्धमा राष्ट्रियसभाबाट प्राप्त सन्देशसहितको विधेयक टेबुल भएको छ। प्रतिनिधिसभाका सचिव शर्कराज राईले सो विधेयक टेबुल गरेका हुन्।

यस्तै, संयुक्त समितिकोअन्तर्गतको संसदीय सुनुवाइ समितिमा सांसद रामहरि खतिवडालाई पठाइएको छ। सभामुखको आशनमा रहेकी उपसभामुख इन्दिरा रानामगरले राखेको नाम हेरफेरसम्बन्धी प्रस्तावलाई सदनले स्वीकार गरेको हो।

यसअघि सो समितिको सभापति रहेकी ईश्वरी न्यौपानेले राजीनामा दिइ राज्यव्यवस्था तथा सुशासन समितिको सभापतिमा निर्वाचित भएकी छन्। यसअघि राज्यव्यवस्था तथा सुशासन समितिका सभापतिसमेत रहेका खतिवडाले राजीनामा दिएका थिए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *