नेपाली कांग्रेसको १५औं महाधिवेशनमा खुमा अर्यालद्वारा केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा
काठमाडौं। सफल उद्यमी, समाजसेवी तथा चार्टर्ड एकाउन्टेन्ट खुमाप्रसाद अर्यालले नेपाली कांग्रेसको आगामी १५औं महाधिवेशनमा केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिने घोषणा गरेका छन्।
स्याङ्जा क्षेत्र नं. २ का स्थायी बासिन्दा अर्यालले पार्टीभित्र उद्यमशीलता, आर्थिक व्यवस्थापन, शिक्षा, स्वास्थ्य र कृषिको व्यावसायिक अनुभवलाई नेतृत्व तहमा जोड्ने एजेन्डासहित उम्मेदवारी घोषणा गरेका हुन्।
नेपाल विद्यार्थी संघ (नेविसंघ) बाट राजनीतिक यात्रा सुरु गरेका अर्यालले यसअघि संविधानसभामा समानुपातिक उम्मेदवार, पार्टीको कार्यवाहक कोषाध्यक्ष तथा आर्थिक संयोजकको जिम्मेवारी सम्हालिसकेका छन्।
पेशाले वरिष्ठ चार्टर्ड एकाउन्टेन्ट रहेका अर्यालले ‘अर्याल एन्ड अर्याल चार्टर्ड एकाउन्टेन्ट्स’ मार्फत व्यावसायिक सेवा दिँदै उद्यमशीलताको यात्रा सुरु गरेका थिए। उनले नेपाललाई मेडिकल शिक्षाको हब बनाउने लक्ष्यका साथ भैरहवा मेडिकल कलेज, गण्डकी मेडिकल कलेज पोखरा, नेपालगञ्ज मेडिकल कलेज, लर्ड बुद्ध मेडिकल कलेज र सञ्जीवनी मेडिकल कलेज दाङलगायतका संस्थाहरूमा प्रमुख लगानी गरेका छन्।
त्यस्तै, कृषि क्षेत्रको आधुनिकीकरणका लागि उनले स्याङ्जामा आधुनिक पोल्ट्री फार्म, जनकपुरमा ८ लाख ५० हजार क्षमताको लेयर्स फार्म तथा हेटौँडामा दाना उद्योग सञ्चालनमा ल्याएका छन्। जलविद्युत्, उत्पादनमूलक उद्योग र अन्तर्राष्ट्रिय स्तरको विद्यालय स्थापनामा समेत संलग्न उनीमार्फत हालसम्म १० हजारभन्दा बढीले प्रत्यक्ष रोजगारी पाएका छन्।
अर्यालले ‘खुमा अर्याल फाउन्डेसन’ मार्फत स्याङ्जा र देशका विभिन्न जिल्लामा शिक्षा, स्वास्थ्य, रोजगारी र खेलकुदका क्षेत्रमा सामाजिक कामहरू पनि गर्दै आएका छन्।
No ads found for this position



डिसी नेपाल
Facebook Comment