धार्मिक र सांस्कृतिक परम्परा संरक्षणमा समुदायको भूमिका अपरिहार्य : विमलेन्द्र निधि

डिसी नेपाल
१३ भदौ २०८२ १८:३९
8
Shares

महेन्द्रनगर । नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिले धार्मिक र सांस्कृतिक परम्पराको संरक्षण तथा प्रवर्द्धनमा समुदायको सक्रिय भूमिका अपरिहार्य रहेको बताएका छन्।

ब्याहुत सेवा समिति कलवार कुट्टी जनकपुरधामद्वारा श्री बललभद्र जयन्ती पुजन समारोहलाई आज जनकपुरधाममा सम्बोधन गर्दै उनले धार्मिक चेतना र सामाजिक एकता बलियो बनाउने खालका यस्ता कार्यक्रमले समाजमा सकारात्मक सन्देश दिएको बताए।

उनले भने, बलभद्र जयन्ती जस्ता पर्वले हामीलाई हाम्रो सांस्कृतिक जरा सम्झाइ रहन्छ। प्रदेशसभा सदस्य एवं पूर्व भौतिक पूर्वाधारमन्त्री रामसरोज यादवले संस्कृति र परम्परालाई जीवित राख्न यस्ता कार्यक्रम आवश्यक रहेको उल्लेख गरे।

जनकपुरधाम उपमहानगरपालिकाका नगरप्रमुख मनोज साहले समारोहमा शुभकामना मन्तव्य दिँदै नगरपालिकाले धार्मिक, सांस्कृतिक तथा सामुदायिक कार्यक्रमप्रति सदैव सकारात्मक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *