पेशागत महासंघ नेपालले भ्रष्टाचार विरोधी अभियान चलाउने
काठमाडौं । पेशागत महासंघ नेपालले शुसासन सम्बन्धी ‘एन्टी करप्सन मुम्भमेन्ट एण्ड गुड गर्भमेन्ट’ कार्यक्रम देशव्यापी रुपमा सन्चालन गर्ने भएको छ।
पेशागत महासंघ राष्ट्रिय समितिको अध्यक्ष पुण्य प्रसाद ढकालले एन्टि करेक्सन मुम्भमेन्ट एण्ड गुड गर्भमेन्ट सम्बन्धी कार्यक्रम हुने भन्दै ७ प्रदेश मध्य कोशीमा सन्चालन भइसकेको बताए।
उनले शुक्रबार ललितपुर भक्तपुर र काठमाडौमा ३ जिल्लामा कार्यक्रमको आयोजना गरेको पनि बताए।
त्यस्तै उनले अहिले भ्रष्टाचार देशव्यापी रुपमा मौलएको भन्दै त्यसको निवारण गर्नलाई विशेष अन्तरक्रिया कार्यक्रम गर्ने बताए।
उनले अभियानलाई तिब्रता दिएर ७७ वटै जिल्लामा र ७५३ वटै पालिकाहरुमा पुर्याउने बताए।
सबै क्षेत्रबाट आएका सुझावलाई एकीकृत गरी राज्य सरकारलाई र सम्बन्धित पार्टीहरुलाई बुझाउने उनले जानकारी दिए।
No ads found for this position



डिसी नेपाल
Facebook Comment