फेरि बढ्यो सुनको मूल्य

डिसी नेपाल
१७ भदौ २०८२ ११:२६
188
Shares

काठमाडौं। नेपाली बजारमा आज (मंगलबार) पनि सुनको मूल्य बढेको छ।

नेपाल सुनचाँदी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला ६ सय रुपैयाँले बढेर प्रतितोला दुई लाख ५ हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको छ।

अघिल्लो दिन सुनको मूल्य प्रतितोला २ लाख पाँच हजार तीन सय रुपैयाँमा कारोबार भएको थियो।

त्यस्तै चाँदीको मूल्य पनि आज १५ रुपैयाँले बढेको छ। आज चाँदी प्रतितोला दुई हजार ४ सय ८५ रुपैयाँमा कारोबार भइरहेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *