भारतीय प्रधानन्यायाधीश नेपाल आउँदै
काठमाडौं । भारतीय सर्वोच्च अदालतका प्रधानन्यायाधीश भूषण रामकृष्ण गवई आज नेपाल आउने भएका छन्।
प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतको निमन्त्रणामा गवई दुई दिने भ्रमणमा नेपाल आउन लागेका हुन्।
उनी आज अपराह्न ४ बजे इन्डियन एयरलाइन्समार्फत त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आइपुग्ने कार्यतालिका छ।
नेपाल इन्डिया जुडिसियल डायलग नाम दिइएको दुई दिने कार्यक्रम तय भएकाले त्यसैमा सहभागी हुन उनी नेपाल आउन लागेका हुन्। कार्यक्रम भदौ २० र २१ गते काठमाडौंमा हुँदै छ।
No ads found for this position
प्रतिक्रिया



डिसी नेपाल
Facebook Comment