कांग्रेस महाधिवेशन स्थलमा रौनक : नेता-कार्यकर्ता र प्रतिनिधि ‘फोटो सेसन’मा व्यस्त (तस्बिरहरू)

डिसी नेपाल
१८ असोज २०८३ १०:१७

काठमाडौं। नेपाली कांग्रेसको महाधिवेशन स्थलमा बिहानैदेखि नेता, कार्यकर्ता तथा प्रतिनिधिहरूको चहलपहल व्यापक रूपमा बढेको छ।

महाधिवेशनमा सहभागी हुन देशका विभिन्न भागबाट पुगेका प्रतिनिधि तथा कार्यकर्ताहरूबीच आपसमा भेटघाट र शुभकामना आदानप्रदानका साथै ‘फोटो सेसन’ गर्ने क्रमले महाधिवेशन स्थलमा छुट्टै उत्साह र रौनक थपेको छ।

विभिन्न समूहमा विभाजन भई महाधिवेशन स्थलमा उपस्थित नेता तथा कार्यकर्ताहरू मोबाइल तथा क्यामेरा बोकेर आपसमा तस्बिर खिचाउन र सम्झना सँगाल्न व्यस्त देखिएका छन्।

तस्बिरहरू : सक्षम घिमिरे, नेपाल न्यूज बैंक


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *