जनमोर्चाका जिल्ला अध्यक्ष सत्तारुढ दल नेकपामा प्रवेश

डिसी नेपाल
२२ भदौ २०७६ ६:३४

बैतडी । राष्ट्रिय जनमोर्चाका बैतडी जिल्ला अध्यक्ष अर्जुन मडै सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मा प्रवेश गरेका छन्। अध्यक्ष मडैसंगै जनमोर्चालगायत अन्य पार्टीका १ दर्जन बढी नेता कार्यकर्ता पनि नेकपामा प्रवेश गरेका छन्।

सुर्नया गाउँपालिका स्तरीय कार्यकर्ता प्रशिक्षण कार्यक्रममा शनिबार उनीहरु नेकपा प्रवेश गरेका हुन्। पार्टी प्रवेश गर्ने नवप्रवेशीलाई नेकपा केन्द्रीय सदस्य तथा बैतडी जिल्ला इञ्चार्ज नरेन्द्र कुँवर (विजयसुन्दर) ले टिका लगाई स्वागत गरे।

नेकपा केन्द्रीय सदस्य कुँवर, बैतडीवाट निर्वाचित प्रदेश सभा सदस्यद्वय प्रेमप्रकाश भट्ट र लीलाधरको उपस्थितिमा सुर्नया गाउँपालिकामा अन्र्तक्रिया तथा पार्टी प्रशिक्षण कार्यक्रम सम्पन्न भएको थियो।

नेकपाका सुर्नया गाँउपालिका कमिटी प्रस्तावित अध्यक्ष जगदीश कुँवरको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सरकारले गरिरहेका कामकाज तथा पार्टीको आगामी रणनीतिबारे छलफल गरिएको थियो।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *