सिंहदरबार, प्रधानमन्त्री कार्यालय र राष्ट्रपति भवन परिसरमा समेत कर्फ्यू

डिसी नेपाल
२३ भदौ २०८२ १३:४९
104
Shares

काठमाडौं । भ्रष्टाचार र सामाजिक सञ्जाल बन्द विरुद्ध काठमाडौंमा जेनजी पुस्ताको जारी प्रदर्शनले उग्ररुप लिएसँगै काठमाडौं जिल्ला प्रशासनले सिंहदरबार परिसर, राष्ट्रपति भवन परिसर, प्रधानमन्त्री कार्यालय परिसर, उपराष्ट्रपति कार्यालय लैनचौर क्षेत्र, नारायणहिटि दरवार संग्रहालय क्षेत्रमा समेत कर्फयू थपेको छ ।

प्रशासनले दिउँसो १ बजेदेखि राति १० बजे सम्मका लागि उक्त क्षेत्रमा कर्फुय आदेश जारी गरेको सुचना निकालेको छ ।

यस अघि प्रशासनले बानेश्वर क्षेत्रमा अपरान्ह १२ः३० देखि राती १० बजे सम्म कर्फयु आदेश समेत जारी गरेको छ ।

प्रदर्शनका क्रममा जेनजीहरुले प्रहरीको निषेधीत क्षेत्र समेत तोडेर बानेश्वरस्थित संसद भवन प्रवेश गरेका छन भने संसद भवनको १ र २ नम्बर गेटमा आगजनी समेत गरेका छन् ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *