काठमाडौंको अवस्था : ठाउँ-ठाउँमा आर्मी, बाहिर ननिस्कन र गल्लीको बाटो प्रयोग नगर्न आग्रह

डिसी नेपाल
२५ भदौ २०८२ ११:१३

काठमाडौं । काठमाडौंमा बुधबार बिहानैदेखि सडकमा ठूलो संख्यामा नेपाली सेना खटिएका छन्। सेनाको बाक्लो उपस्थितिसँगै काठमाडौं केही शान्त देखिएको छ।

सेनाले ब्यारिकेड तेर्स्याएर भित्री बाटो पूर्णरूपमा बन्द गरेका छन्। अत्यावश्यक काममा बाहेक बाहिर ननिस्कन, गल्लीको बाटो प्रयोग नगर्न माइकिङ गरिरहेका छन्।

बिहानपख केही पेट्रोल पम्प, खाद्यान्न पसल, अत्यावश्यक सेवास्थल खुलेका छन्। तर, क्रमश: ती पसल पनि बन्द हुँदै गएका छन्।

मंगलबार जेनजीहरूको प्रदर्शनले जलेका विभिन्न संरचनामा अहिले धुँवा निस्किरहेको छ। सडक ढुंगा र इटका टुक्राले असरल्ल देखिएका छन्। जलाइएका सवारी साधन बाटोभरि अस्तव्यस्त छन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *