मुख्यसचिवको नेतृत्वमा उच्चस्तरीय बैठक, पछिल्लो परिस्थितिबारे छलफल हुने
काठमाडौं । मुख्यसचिव एकनारायण अर्यालको अध्यक्षतामा आज दिउँसो साढे १२ बजे भर्चुअल बैठक बस्ने भएको छ।
हालैको जेनजी आन्दोलनपछि प्रशासनिक संरचना र अत्यावश्यक सेवामा परेको असरलाई तत्काल सुचारु गर्ने उद्देश्यले बैठक आह्वान गरिएको हो।
बैठकमा सेवा सञ्चालनका लागि आवश्यक निर्णय लिने साथै समसामयिक परिस्थितिबारे गहन छलफल हुने बताइएको छ। बैठकमा सबै सचिव सहभागी रहने जनाइएको छ।
No ads found for this position
प्रतिक्रिया



डिसी नेपाल
Facebook Comment