कैदी भाग्न खोजेपछि वीरगन्ज कारागार तनावग्रस्त

डिसी नेपाल
२५ भदौ २०८२ १३:२०
8
Shares

वीरगन्ज । वीरगन्ज कारागारको अवस्था तनावग्रस्त बनेको छ।

कैदीहरू कारागार भित्र तोडफोड र पर्खाल भत्काएर भाग्ने प्रयास गरेपछि सुरक्षाकर्मी झडप भएको छ। नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाले कैदीलाई रोक्न कैयौं राउण्ड फायर समेत र अश्रु ग्यास प्रहार गरेका छन्।

पर्साका प्रमुख जिल्ला अधिकारी तोयनारायण सुवेदीका अनुसार मंगलबार राति देखिनै कैदीहरुले भाग्ने प्रयास गरेको र बुधबार बिहानदेखि अवस्था तनावग्रस्त बनेको छ। कारागारमा महिला र पुरुष गरी १३ सयभन्दा बढी कैदीबन्दी रहेको बताइएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *