आन्दोलनकारीले जलाएको घरमा महिलाको शव फेला

डिसी नेपाल
२५ भदौ २०८२ १४:११

काठमाडौं । जेनजीको आन्दोलनका क्रममा आगजनी भएको पोखराको एक घरमा महिलाको शव फेला परेको छ।

पोखरा नयाँबजारस्थित नेपाल अटोमोबाइल एशोसिएसनका केन्द्रीय अध्यक्ष ध्रुव थापाको जलेको घरमा एक महिलाको शव भेटिएको हो।

मंगलबार आन्दोलनकारीले गण्डकीका मन्त्री तथा व्यवासयी विन्दुकुमार थापाको घर, व्यापारिक प्रतिष्ठानसहित उनका भाइ ध्रुवको गाडी सोरूम र घर जलाइदिएका थिए।

आगजनी भएको घरको गाडी सोरुममा जलेको अवस्थामा महिलाको शव फेला परेको हो। उनी काम गर्ने महिला हुन सक्ने प्रहरीले जनाएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.